Skip to content
Shikhar Insurance
National Life

अर्थतन्त्रलाइ सही बाटो तर्फ लैजान सहकार्य जरुरी

Hyundai
NCELL
NIMB

काठमाडौं । आत्म निर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै वास्केटमा रहेकोले निजी क्षेत्रका भनाइहरुलाइ जनमानसमा पुर्याउन यस इकोनोमिक मिडिया क्षेत्रसंग सम्वन्धित लगानीकर्ता तथा संचारकर्मीहरुको अहं भूमिका रहेको छ । उक्त धारणा इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मानमा नेपाल चेम्वर अफ कमर्सद्धारा आयोजित स्वागत कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए ।

त्यसै गरी सरकारले प्रतिवद्धता गरेका कतिपय सुबिधाहरु व्यवहारमा उपलब्ध हुन नसकेका कतिपय उदाहरणहरु छन । यी प्रतिवद्धताहरु शब्दमा मात्र सिमीत रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित पक्षलाइ घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको समेत बताउनु हुंदै आर्थिक एजेण्डामा हामीहरुको समान दायित्व भएकोले हामी सहकार्य गर्दै अगाडी वढ्नु जरुरी भएको छ । सोही अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने , आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसंग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतिहरुलाइ सम्प्रेषण गर्ने उद्धेश्यले यस संस्थाको स्थापना भएको बताउँंदै संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन पनि आग्रह गरे ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा उपाध्यक्ष उर्मिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो । इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्ष द्धय सोमनाथ वास्तोला र लोचन खतिवडा महासचिव नारायण पौडेल सचिव हिम बिष्ट, सहसचिव बिष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी सदस्यहरु मिलन खडका तथा सुरेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्