काठमाडौं । साविकको सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर पछिको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सेयर नेप्सेमा सूचिकृत (माघ ५ गते) भएको छ । आजबाट सानिमा जनरल इन्स्योरेन्स कम्पनीको नामबाट धितोपत्रको सूचिकृत गरेको हो ।
कम्पनीको सेयर अंकित मूल्य १०० रुपैयाँको दरले २ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको मर्जर पछि पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेन्ज ३६७ रुपैयाँ ५० पैसा तोकेको छ ।
सानिमा इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच १ः१ को अनुपातमा मर्ज भएको थियो । नेप्सेले कम्पनीको सेयरलाई एसजिआईसी संकेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्