Skip to content
Shikhar Insurance
National Life

सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आज (माघ ५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ११ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

उक्त सेयरका लागि लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानिय बासिन्दाहरुले सो आईपीओमा अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओ आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ १९ गते हुनेछ भने ढिलोमा फागुन ५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १९ गतेभित्र आवेदन दिनु पर्नेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपि आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

GBIME

प्रतिक्रिया दिनुहोस्