Shikhar Insurance
National Life

ग्लोबल आइएमई लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०७९ माघ ५, बिहीबार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको माघ ४ गते बसेको सञ्चालक समितिको १६५औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तले हाल कायम चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजारको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १२ प्रतिशतका दरले हुन आउने ६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने ८ प्रतिशत (कर प्रयोजनसहित)का दरले हुन आउने ४ करोड ४२ लाख ७ हजार नगद लाभांश रहेको छ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्