काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । रुरु जलविद्युत कम्पनी, मेगा बैंक र गुँरास लाइफ इन्स्योरेन्सको बोनस सेयर बुधबार नेप्सेमा सूचिकृत भएको हो ।
बुधबार नेप्सेमा रुरु जलविद्युत कम्पनीको १० प्रतिशत, मेगा बैंकको ४ प्रतिशत र गुँरास लाइफ इन्स्योरेन्सको ७.४४ प्रतिशत बोनस सेयर नेप्सेका सूचिकृत भएको छ ।
रुरु जलविद्युतको ४ लाख ४८ हजार ४७६ कित्ता, मेगा बैंकको ६४ लाख ४८ हजार १८४ कित्ता र गुँरास लाइफ इन्स्योरेन्सको १५ लाख ५१ हजार २०० कित्ता बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको हो ।
उक्त सूचिकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्