काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता सेयर आईपीओ निष्काशनका लागि छुट्याएकोमा सोको १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर जारी गरिसकेको छ ।
सामुहिक लगानी कोषका लागि १ लाख २० हजार कित्ता र कर्मचारीहरुका लागि ४८ हजार कित्ता सेयर छुट्याएको छ। बाँकी १९ लाख ९२ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि जारी गरेको हो ।
कम्पनीको सेयरमा लगानीकर्ताले न्युनतम १० देखि अधितम एक लाख कित्तासम्म सेयर भर्न सकिने छ । कम्पनीको सेयरमा लगानीकर्ताले माघ १७ गतेसम्म आवेदन दिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्