Shikhar Insurance
National Life

नेप्से ३२ अंकले बृद्धि, कारोबार रकम ३ अर्बमाथि

सिंहदरबार संवाददाता
२०७९ माघ ३, मंगलवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मंगलबार ३२.७२ अंकले बढेर २,१८२.११ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.८१ अंकले बढेर ४१६.०६ को विन्दुमा बन्द भएको हो ।

मंगलबार दिनभरीमा २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेका अनुसार मंगलबार ३ कम्पनीको सेयर पोजेटिक सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन भेन्चर्स, आर्दाश लघुवित्त र पिपुल्स हाइड्रो पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको हो । त्यसैगरी, बाराही हाइड्रो पावरको सेयर मूल्य ९.९७ प्रतिशत र घलेदी हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । आज प्रभु सेलेक्ट फण्डको मूल्य ८.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा अपि पावर कम्पनीको शीर्ष स्थानमा छ । कम्पनीको २३ करोड २६ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, अपर तामाकोशी हाइड्रो पावर कम्पनीको ११ करोड ३८ लाख ३८ हजार, न्यादी ग्रुप पावरको १० करोड ४८ लाख ४७ हजार, रिडी पावर कम्पनीको ९ करोड ४ लाख २ हजार र हिमालयन डिस्टिलरीको ८ करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँच स्थान भित्र छ ।

मंगलबार कारोबारमा आएको मध्ये १६९ कम्पनीको सेयर मूल्य बढेको छ । ३० कम्पनीको सेयर मूल्य घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

१३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.१२ प्रतिशत बढेको छ।

त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक यस दिन ५.०४ प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक यस दिन साढे ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। बैंक उपसमूहको परिसूचक भने यस दिन ०.३२ प्रतिशत घटेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्