काठमाडौं । नेपाल बीमा प्राधिकरणले अजोड र युनाइटेड इन्स्यारेन्सलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । प्राधिकरणले पुस २९ गतेको परिपत्रबाट बीमकहरुलाई एक आपसमा गाभ्न गाभिने प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको हो ।
प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम अजोड र यूनाइटेडलाई एक आपसमा गाभ्न र गाभिने (मर्जर) प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको हो ।
यी दुई कम्पनीहरुले पुस २६ गते मर्जरको सम्झौता गरेका थिए ।
प्रभु इन्स्यारेन्ससँग मर्जरको लागि प्रारम्भिक सम्झौता गरेको अजोड इन्स्यारेन्सको मर्जर तोडेपछि पुस २६ गते छलफल गरी युनाइटेडसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।
उक्त सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी दावाले हस्ताक्षर गरेका थिए ।
मर्जर पश्चात युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको छ । यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।
प्रतिक्रिया दिनुहोस्