Skip to content
Shikhar Insurance
National Life

अरुण भ्यालीले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

Hyundai
NCELL
NIMB

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले माघ २७ गते वार्षिक साधारण सभा बोलाएको हो।

कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ १८ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ।सोहि अनुसार माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्