काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी २०८० बैशाख ५ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्