Skip to content
Shikhar Insurance
National Life

नेपाल टेलिकमको नेटवर्कमा समस्या, मोबाइल र ल्याण्डलाइन दुबै अवरुद्ध

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मंगलबार मध्यान्हदेखि नेपाल टेलिकमको मोबाइलमा नेटवर्कमा समस्या देखिएको हो । एनटीसी नेटवर्कबाट फोन तथा एसएमएस पठाउने काम अवरुद्ध बनेको छ । एनटीसीको ल्याण्ड लाइनमा समेत समस्या आएको छ ।

हालसम्म टेलिकमले कुनै आधिकारीक प्रतिक्रिया भने जनाएको छैन् । नेटवर्कमा समस्या आएकोबारे सम्पर्क गर्दा टेलिकमका एमडी र प्रवक्ता दुबैको फोन सम्पर्क हुन सकिरहेको छैन् । टेलिकमको सेवा अवरुद्ध भएकोबारे देशभरबाट गुनासाहरु आइरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्