Skip to content
Shikhar Insurance
National Life

नेप्सेले गर्याे दुई कम्पनीको सेयर मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले आँधिखोला लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत र नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

समायोजनपश्चात आँधिखोला लघुवित्तको सेयर मूल्य १ हजार ३६५ रुपैयाँ ७७ पैसा र नेको इन्स्योरेन्सको ७७८ रुपैयाँ ४३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहिबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार आँधिखोला लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ७७५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो भने नेको इन्स्योरेन्सको ८९५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्