काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले २० प्रतिशत बोनस सेयर पाउने भएका छन् । पुस ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल एग्रो लघुवित्त वित्तिय संस्थालाई प्राप्ति गरि एकिकृत कारोबार गरेकाले इन्फिनिटीले यसपाली लाभांशमा कर छुट पाएको छ । लाभांश कर नलाग्ने भएकैले कर प्रयोजनका लागि रकम बिनियोजन गरिएको छैन् ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि इन्फिनिटीका सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउनेछन् । ४१ करोड ४५ लाख १३ हजार २८४.७६ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले २० प्रतिशतले हुने ८ करोड २९ लाख २ हजार ६५६.९५ रुपैयाँ बराबरको बोनस सेयर दिनेछ ।
प्रतिक्रिया दिनुहोस्