काठमाडौं । प्राईम लाईफ, गुराँस लाईफ र युनियन लाईफ मर्ज भएर हिमालयन लाईफ इन्स्योरेन्स बन्ने भएको छ । तीनै कम्पनीको संयुक्त मर्जर कमिटीले आइतबार हिमालयन लाईफका नाम बाट कारोबार गर्ने सम्झौता गरेका हुन । तीनै कम्पनी १=१=१ को स्वाप रेसियोमा एक हुने भएका हुन ।
एकीकृत कम्पनीले २ महिना भित्र एकीकृत कारोबार आरम्भ गर्नेछन् । हिमालयन लाइफको अध्यक्षमा युनियनका सुलभ अग्रवाल र सिईओमा पनि युनियन कै मनोज कुमार कर्ण रहनेछन् । त्यस्तै गुराँस लाइफका सिईओ र प्राइम लाइफका कामु सिईओ डेपुटी सिईओको रुपमा हुनेछन् । सबै कुरा सोछे जसरी अघि बढे आगामी दुई महिना भित्र एकीकृत कारोबार थाल्ने युनियन लाईफका सिईओ कर्णले सिंहदरबारलाई बताए ।
तीन जीवन बीमा कम्पनीहरूले एकापसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा बैशाख २९ गते हस्ताक्षर गरेका थिए । तीन कम्पनी मर्ज भएर बन्ने हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्