काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र सभामुख पदका बिषयमा सत्तारुढ नेकपा(एमाले)सँग कुनै सहमति नभएको बताएका छन् ।
सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र सभामुखको निर्वाचनका लागि नेपाली काँग्रेससँग पनि छलफल हुने बताए । काँग्रेसले पनि आफुलाई विश्वासको मत दिएकाले राष्ट्रपति र सभामुखको निर्वाचनका लागि छलफल गर्ने बताएका हुन् । प्रचण्डको अभिव्यक्तिपछि नेकपा(एमाले) भने झस्किएको छ ।
उनले शनिबार भनेका छन्–‘ओलीजी र मैले सरकार बनाउने सहमति गरेपछि कांग्रेस स्वतः प्रमुख प्रतिपक्ष बन्छ भन्ने कल्पना गरिएको थियो र त्यो एकदमै स्वभाविक सोचाइ थियो । तर कांग्रेस पनि मलाई विश्वासको मत दिने लाइनमा आइसकेपछि अब उसप्रति मेरो पनि दायित्व हुने भयो ।’
उनले माघ ३ गते आयोजना गरिएको सर्वदलिय बैठकमा आफुलाई विश्वासको मत दिने दलहरुबीच सभामुख र राष्ट्रपति पदको निर्वाचनबारे के गर्ने भनेर कुरा राख्ने पनि बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्