Shikhar Insurance
National Life

९% बोनस सेयर र प्रिमियरसँग मर्जरमा जाने निर्णय पास गर्दै सकियो सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा

सिंहदरबार संवाददाता
२०७९ पुष २९, शुक्रबार १३:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७८/७९ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत २ अर्व ६१ करोड ७४ लाख ०७ हजार बीमा शुल्क आर्जन गरेकोे र चालु आ.व.को साधारण सभाको मिति सम्म १ अर्व ३४ करोड बीमा शुल्क आर्जन गरी सकेको जानकारी गराईयो ।

सभाले हाल कायम रहेको चुक्ता पुँजी ९ प्रतिशत वोनस शेयर जारी गर्ने तथा कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांस प्रदान गर्ने निर्णय पास गरेको छ । साथै, प्रिमियर इन्स्योरेन्स क. (नेपाल) लि. सँग मर्जर गर्नको लागि स्वीकृत गर्ने प्रस्ताव विशेष समेत पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्