काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले सेयर कारोबार भइरहेको समयमा लाभांश दिने घोषणा गरेको जानकारी गराएपछि नेप्सेले कारोबार रोक्का गरेर स्पष्टिकरण सोधेको हो ।
साल्ट ट्रेडिङले कर्पोरेशनले बिहीबार बिहान ८ः३० बजे सञ्चालक समितिको बैठक बसी १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । तर लाभांश सम्बन्धी निर्णयको जानकारी भने दोस्रो बजारमा कारोबार खुला भइसकेपछि ११ः१३ बजे मात्र नट्स लगिङ मार्फत नेप्सेलाई जानकारी गराएको हो ।
नेप्सेले सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत साल्ट ट्रेडिङ कर्पोरेशनलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्