काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लगानीकर्ताहरुलई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनी पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले साविकको हिमालयन जनरल इन्योरेन्सको आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरण्को स्वीकृति पश्चात आगामी २९ औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्