काठमाडौं । अजोड इन्स्योरेन्सले प्रभु इन्स्योरेन्ससँग डिमर्जर गरि युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ । नेपाल बीमा प्राधिकरणले प्रभुसंग डिमर्जरको स्वीकृत दिएसँगै मंगलबार नै अजोडले युनाइटेड इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सम्झौता गरेको हो ।
प्रभु र अजोड इन्स्योरेन्सलाई प्राधिकरणले मंगलबार बिहान यी कम्पनीका बीचमा भएको मर्जर भंग गर्ने सहमतिलाई नियामक निकाय प्राधिकरणले स्वीकृत गरेको गरेको थियो ।
दुवै कम्पनीका प्रतिनिधिहरु मर्जर प्रक्रिया अन्त्य गर्ने चिठ्ठी लिएर बीमा प्राधिकरणमा पुगेका थिए । बीमा प्राधिकरणले छलफल पश्चात मर्जर भाँडिएको औपचारिक चिठ्ठी दिएको थियो।
नियामक निकायको अनुमतिसँगै प्रभु इन्स्योरेन्ससँग औपचारिक रुपमा मर्जर प्रक्रिया अन्त्य गरी अजोडले युनाइटेडसँग मंगलबार साझ मर्जरको प्रारम्भिक सम्झौता गरेको हो ।
प्रतिक्रिया दिनुहोस्