Skip to content
Shikhar Insurance
National Life

आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, बुधबार कतिमा खुल्छ कारोबार?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ । मंगलबार नेप्सेले इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको हो ।

६ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य ५०० रुपैयाँ २८ पैसा कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्यको आधारमा इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । मंगलबार कारोबारको दिन इन्स्योरेन्सको सेयर मूल्य ५३० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो ।

उक्त समायोजित सेयर मूल्यमा इन्स्योरेन्सको बुधबार दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्