काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एमडीआरटी २०२३ का लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान गरेको छ । राजधानीमा आयोजीत कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट, एमडीआरटी, अभिकर्ताहरु, रिजनल मेनेजर का साथै ब्रान्च मेनेजरहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले एमडीआरटी अभिकर्ताहरुले आफ्नो व्यवसायमा प्रदर्शन गरेको अठोट र अथक परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित ग्लोबल कम्फेरेन्समा सहभागिता जनाउन सफल भएको बताए । उनले कम्पनिको गरिमा पनि बढाएकोमा सबैलाई धन्यवाद दिए । सिईओ पोखरेलले आगामी दिनमा कम्पनीले थप उत्कृष्ट प्रशिक्षण ,आकर्षक स्किम लगायतका कार्यक्रम ल्याई हौसला प्रदान गर्ने र त्यस्ता कार्यक्रमले थप एमडीआरटी अभिकर्ताहरु कम्पनीले जन्माउने विश्वास पनि दिलाए ।
साथै रिलायन्स लाइफ इन्स्योरेन्सले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरी निकट भबिष्यमा इन्स्योरेन्स क्षेत्रको ‘बेञ्च मार्क’ कम्पनि बन्नेमा प्रतिवद्धता पनि व्यक्त गरे । साथै, टिओटी सिइओटी तथा एमडीआरटी नमिता न्यौपानेले सम्मानका लागि धन्यवाद दिइन् ।
उनले कम्पनीको निरन्तर सहयोग तथा मार्गदर्शन प्राप्त भएको र आगामी दिनमा थप हौसला प्राप्त हुनेमा विश्वास व्यक्त गरे । उनले उत्कृष्ट व्यवसायिक नतिजाको लागि कम्पनि र अभिकर्ताको बीच निरन्तर सल्लाह र सुझाव आदान हुनुपर्नेमा जोड दिइन । कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्टले २० जना एमडीआरटीहरुलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्