Shikhar Insurance
National Life

माघ महिनामा बैंकको ब्याजदर घट्दै, पुसमा कायम ब्याजदरको १०% ले घटाउने निर्णय शुक्रबार हुँदै

सिंहदरबार संवाददाता
२०७९ पुष २६, मंगलवार १३:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । माघ महिनामा बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुले पुस महिनामा लागू ब्याजदरको १० प्रतिशतले माघ महिनामा घटाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले हरेक महिनाको मसान्तमा अर्को महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नु पर्ने प्रावधान राखेको छ । जसमा बैंकहरुले अघिल्लो महिनामा लागू ब्याजदरको औषतले १० प्रतिशतले थपघट गरेर ब्याजदर तोक्नु पाउँछन् । नियामकीय व्यवस्था अनुसार बैंकहरुले माघ महिनामा पुस महिनामा लागू निक्षेपको ब्याजदरमा १० प्रतिशतले
घटाउने गरी शुक्रबार बस्ने बैंकर्स संघको बैंठकले निर्णय गर्नेछ ।

हाल वाणिज्य बैंकहरुको मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिईरहेका छन् । साधारण बचतको ब्याजदर ७.१३३ प्रतिशत छ । जसको १० प्रतिशत कम अर्थात् माघ महिनामा ११.४१ प्रतिशत ब्याजदर कायम हुने संघका एक सदस्यले बताए । भने साधारण निक्षेपको ब्याजदर ६.४१९ प्रतिशत कायम हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकले बचत र साधारण निक्षेपको ब्याजदर अन्तर बढीमा ५ प्रतिशत बिन्दु हुनुपर्ने व्यवस्था गरिदिएको छ । माघदेखि मुद्दती तथा बचत निक्षेपको ब्याज दर १.२१ प्रतिशतले घट्ने छ।

‘ब्याजदर घटाउन सबै बैंकका सिईओहरु सहमत देखिएका छन्, हामीले त पुस महिनामै घटाउने भनेका थियौं, एक दुई जनाकोक बिरोधले रोकिएको हो, माघमा ब्याजदर १० प्रतिशतले घट्छ’, एक वाणिज्य बैंकका सीईओले सिंहदरबारसँग भने । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको पहिलो बैठकले बैंकको ब्याजदर घटाउने निर्णय नै गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्