Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकद्वारा लगानीकर्तालाई १३ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्नका लागि १३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको पुस २६ गते मंगलबार बिहान बसेको संचालक समितिकबो बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) गरि कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

त्यसैगरी, बैंकले अग्राधिकार सेयर पूँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा पनि गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE