Shikhar Insurance
National Life

एभरेष्ट बैंकको उर्जा ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

सिंहदरबार संवाददाता
२०७९ पुष २५, सोमबार १२:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले आज (पुस २५ गते) देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनसक्नेछन् । सो ऋणपत्रको निष्काशन बन्द छिटोमा पुस २९ गते हुनेछ भने ढिलोमा माघ ९ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्