Shikhar Insurance
National Life

अब ग्लोबल आइएमई बैंक सबैभन्दा ठुलो र नम्बर वान भयो-ढकाल

सिंहदरबार संवाददाता
२०७९ पुष २५, सोमबार ०९:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब बैंक सबैभन्दा ठुलो र नम्बर वान भएको दावी गरेका छन् । सोमबार बैंक अफ काठमाण्डु सङको मर्जरपछि एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । उनले बैंक अधिकान्स सूचकमा एक नम्बर रहेको दावी गरे । ढकालले ग्लोबल आईएमई बैंकले नेपालको कुल बित्तीय बजारको ८% हिस्सा ओगटेको पनि बताए । यहि बैंकले दक्षिण एसियाली मुलुकमा पहिलो पटक शाखा खोल्ने अनुमती पाइसकेको पनि बताए । राष्ट्र बैंकले अघि सारेको मर्जर नीति अनुसार आफौले २१ वटा संस्थालाई मर्जर गरेको पनि उनले बताए ।    बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पुजि ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब पुगेको छ । बैंकको ग्राहक आधार ४० लाख पुगेको छ भने ११ सय सेवा केन्द्र पुगेको छ ।                                 

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्