Shikhar Insurance
National Life

बैंकहरुको पुँजी अत्याधिक वृद्धि हुँदा अर्थतन्त्रमा विकृति आयोः डा. खतिवडा

सिंहदरबार संवाददाता
२०७९ पुष २४, आईतवार १९:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खवितडाले बैंक तथा वित्तिय संस्थाहरुको पुँजी अत्यधिक मात्रामा वृद्धि भएसँगै अर्थतन्त्रमा विकृतिहरु भित्रिएको दावी गरेका छन् । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेश्रो बार्षिक साधारण सभामा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका पूर्व मन्त्री डा. खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुको पुँजी आठ गुणासम्म बढाउने निर्णय कार्यान्वयन हुँदा अर्थतन्त्रमा विकृतिहरु भित्रिएको दावी गरेका हुन् ।

‘बैंकहरुको पुँजी ८ गुणासम्मले वृद्धि गरियो, त्यसले बैंकहरुको क्षमता बढायो, ठूला लगानी गर्न सक्ने बनायो तर बैंकको पुँजीको जसरी अर्थतन्त्रको वृद्धि भएन, बैंकको पुँजी मात्रै बढेपछि अर्थतन्त्रमा विकृतिहरु भित्रिए’, डा. खतिवडाले भने । नेपाल राष्ट्र बैंकका गभर्नर समेत सहभागी कार्यक्रममा सम्मानित भएका डा. खतिवडाले नेपालको बैंक तथा वित्तिय क्षेत्रमा अधिक पुँजीकरणको समस्या रहेको बताए । उनले बैंकिङ क्षेत्रमा पुँजीकरणका हिसाबले नेपाल विश्वको २१ औं देशमा रहेको समेत बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुको संख्या घटाउने अभियानले सफलता प्राप्त गरेको भन्दै उनले खुसी व्यक्त गरे । बैंकहरुको संख्या उल्लेख्य मात्रामा घटेको तर पहुँच र सेवाको सरलता भने बढेको उनको भनाई थियो । नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको सुधारबाट आफुलाई सन्तुष्ठि मिलेको उनको भनाई थियो । ‘कुनै बेला सम्पति र दायित्व बराबर जस्तै रहेका दुई सरकारी बैंकहरु अहिले सुधारिएर प्रतिष्पर्धी बनेका छन् । खारेजीमा जानै लागेका ग्रामिण विकास बैंकहरु मिलेर शसक्त ग्रामिण विकास बैंक बनेको छ, यी कामहरुको साक्षीका रुपमा म सन्तुष्ठ छु’, डा. खतिवडाले भने ।

उनले बैंकमा पैसा राख्दा डुब्दैन भन्ने विश्वास पैदा हुनु सकारात्मक भएको बताए । पछिल्लो समय डिजिटल कारोबारको आकार बढ्नु र व्यापक नागरिक सहभागीताले पनि परिवर्तनको संकेत गरेको उनको भनाई थियो ।

‘डिजिटलमा धेरै प्रगति भएको छ। बैंकको पुँजी बढेको छ। पुँजी बजारमा धेरै सुधार नगरेको भए डिम्याट खाता ५० लाख बढी हुने थिएन’, डा. खतिवडाले भने ।
उनले भारतमा डिम्याट खाता खोल्नेहरुको संख्या ६ प्रतिशत रहेको तर नेपालमा १९ प्रतिशत पुग्नुले पनि वित्तिय साक्षरता व्यापक मात्रामा विस्तार भएको प्रमाणित हुने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्