Skip to content
Shikhar Insurance
National Life

मेगा र इन्भेष्टमेन्ट बैंकको २ दिन सम्पुर्ण कारोबार रोक्का हुँदै, कारोबार खुल्दा पौने ३३अर्बको बैंक हुने

Hyundai
NCELL
NIMB

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको २ दिनका लागि सम्पुर्ण कारोबार रोक्का हुने भएको छ । मर्जरको प्रक्रियामा रहेका यी बैंकहरुले एकिकृत कारोबारका लागि २ दिन सम्पुर्ण कारोबार रोक्का गरी ‘डेटा माइग्रेशन’ अर्थात् तथ्यांक मिलन गर्न लागेका हुन् ।

यी बैंकहरुलाई गत साता नै राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको थियो । सोसँगै यी बैंकहरुले पुस २७ गतेका लागि एकिकृत कारोबारको मिति तय गरेका छन् । पुस २७ गतेदेखि यी बैंकहरुले ‘ नेपाल इन्भेष्टमेण्ट  बैंक लिमिटेड’ को नामबाट एकिकृत कारोबार शुरु गर्नेछन् । एकीकृत कारोबार पछि बन्ने बैंकको केन्द्रिय कार्यालय साविकको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका, वडा नं. १, दरबारमार्गमा रहने छ। तथ्यांक मिलन २ दिनसम्म सम्पुर्ण कारोबार रोक्का रहेने यी दुबै बैंकले सुचनामार्फत जानकारी गराएका छन् । तोकिएको समयअवधिमा दुबै बैंकको केन्द्रिय कार्यालय, शाखा कार्यालयका साथै, अन्य माध्यमबाट सुचारु हुँदै आएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम सेवा लगायत सम्पुर्ण सेवा बन्द रहनेछ ।

राष्ट्र बैंकको गाभ्ने, गाभिने नीतिअनुरुप यी दुई बैंकहरु समान सेयर स्वाप रेसियोमा एकआपसमा गाभिने गरी सम्झौता गरेका थिए । जसमा मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पांडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको थियो। सोहीअनुसार नै राष्ट्र बैंकले यी बैंकहरुलाई मर्जरको अन्तिम स्वीकृति दिइसकेकाे छ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड तथा मेगा बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड रहेकोमा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्