काठमाडौं । बैंक तथा वित्त कम्पनीमा एक दिनमै ७ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । पुस १९ गतेसम्म ५३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप मौज्दात रहेकोमा पुस २० गते ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।
गत मङ्सिरको अन्तिमसम्ममा ५२ खर्ब रुपैयाँ हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ ।
पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६.५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६.८३ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्