काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबार बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयर आज शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको कुल ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ । उक्त सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्