Shikhar Insurance
National Life

सुनको मूल्य १ लाख ३ हजार १०० रुपैयाँ पुग्यो, चाँदी कति?

सिंहदरबार संवाददाता
२०७९ पुष २१, बिहीबार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । बिहिबार छापावाल सुनको मुल्य बढेर प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको मुल्य १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा महासंघले अन्तर्राष्ट्रिय बजार मुल्यको आधारमा सुनचाँदीको मुल्य तोक्ने गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्