काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघले अर्थमन्त्री बिष्णु पौडेलसँग भेट गरेको छ । नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्रप्राप्त संस्थाहरुको हक हित तथा नेपालको पूँजी बजारको बिकास र संवद्र्घनका लागि क्रियाशिल संघले अर्थमन्त्री पौडेललाई भेटेर बधाई दिएको हो । भेटमा संघले पौडेलको कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको बताएको थियो ।
भेटमा अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा विस्तृत विवरण पेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्