Shikhar Insurance
National Life

निर्धन उत्थान लघुवित्तद्वरा २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०७९ पुष २०, बुधबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको पुस १९ गते मंगलबार बसेको संचालक समितिको २९६औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तले हाल कायम चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजारको १९ प्रतिशतका दरले हुन आउने ४१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशतका दरले हुन आउने २ करोड १९ लाख ५० हजार रुपैयाँ बराबरको नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्