Shikhar Insurance
National Life

पुस महिनामै अस्ताए आधा दर्जन वाणिज्य बैंक, आफ्नो पैसा खोज्न अब कुन बैंक जाने?

कुन बैंककाे एकिकृत काराेबार कहिले?
सिंहदरबार संवाददाता
२०७९ पुष १९, मंगलवार १८:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २७ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु अहिले २५ वटामा सिमित भइसकेका छन् । दुई वर्षको अवधिमै १२ वटा वाणिज्य बैंकहरु मर्जर तथा प्राप्तीको प्रकृयामा सहभागि भएका छन् । जसमध्ये ४ वटा वाणिज्य बैंकले सम्पुर्ण प्रकृया पूरा गरी एकिकृत कारोबार समेत गरिसकेका हुन् ।
अघिल्लो आवयता मर्जर तथा प्राप्ती प्रकृया सम्पन्न गरी एकिकृत कारोबार शुरु गरेका वा गर्ने तयारीमा रहेका वाणिज्य बैंकहरुमध्ये ७ वटा वाणिज्य बैंकले भने आफ्नो अस्तित्व अरुमा विलय गराइ सके वा गर्ने हुने क्रममा छन् । यी मध्येपनि चालु आवको पुस महिना भित्रै आधा दर्जन वाणिज्य बैंकले आफ्नो पुरानो पहिचान गुमाउन लागेका हुन ।
हालसम्म एकिकृत कारोबार सुरु गरेका ४ वाणिज्य बैंकहरुमा नबिल बैंकले तत्कालिन नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरी गत असार २७ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो । जसमा नेपाल बंगलादेशले आफ्नो अस्तित्व नै नबिल बैंकमा विलय गरी एकिकृत कारोबार गरेको हो ।

अघिल्ला वर्षदेखि मर्जर तथा प्राप्तीको चर्चा चुलाउँदै चालु आर्थिक वर्षमा १० वटा वाणिज्य बैंकहरु मर्जर तथा प्राप्ती प्रक्रियामा सामेल भए । जसमा ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, हिमालयन र सिभिल बैंक, सेञ्चुरी र प्रभु बैंक, मेगा र नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी र एनसीसी बैंक रहेका छन् । एनसीसी बैंक र कुमारी बैंकले कुमारी बैंकले पुस १७ गते एकिकृत कारोबार समेत शुरु गरिसकेका छन् । कुमारी बैंकले समान स्वाप रेसियोमा एनसीसी बैंकलाई आफुमा समाहित गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्तिम स्वीकृति पाएका बैंकको एकिकृत कारोबार कहिले?
मर्जर तथा प्राप्तीको सम्पुर्ण प्रकृया पुरा गरी एकिकृत कारोबार गर्न बाँकी ८ वाणिज्य बैंकहरुलाई पनि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेको छ । राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रादान गरेको १५ दिनभित्रै एकिकृत कारोबार गर्नु पर्ने नियमकीय प्रावधान हो ।

राष्ट्र बैंकबाट मर्जर तथा प्राप्तीको अन्तिम स्वीकृति पाएका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेलाई एकिकृत कारोबारको मिति तय गरेका छन् । ग्लोबलले बीओकेलाई समान सेयर अनुपातमा आफुमा समाहित गर्न लागेको हो । यी असार २ गते मर्जरको सम्झौता गरी राष्ट्र बैंकमा अनुमतिको लागि आवेदन दिएका थिए ।
यसैगरी, नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकले गत जेठ २७ गते नै आपसमा मर्जरको प्रारम्भिक सम्झौता गरेर राष्ट्र बैंकमा स्वीकृतिको आवेदन दिएका थिए ।

जसमा राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति दिइसकेको छ । अन्तिम स्वीकृति पाएसँगै यी बैंकले एकिकृत कारोबार पुस २७ गते गर्ने मिति तय गरिसकेका छन् । इन्भेष्टमेण्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता सेयर हुने गरी स्वाप रेसियो तय भएअनुसार नै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो ।

सेञ्चुरी कर्मसियल बैंक र प्रभु बैंकबीच गत साउनमा समान स्वाप रेसियोमा मर्जरको सम्झौता भएको थियो । प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा स्वीकृतिको पाइपलाइनमा बसेका यी बैंकले पुस १८ गते अन्तिम स्वीकृति पाइसकेका छन् । अन्तिम स्वीकृति पाएसँगै यी बैंकहरुले पुस २९ गतेलाई एकिकृत कारोबारको मिति तय गरेका छन् ।

गत असार २९ गते मर्जरको प्रारम्भिक सम्झौता गरेका हिमालयन र सिभिल बैंकलाई भने हालसम्म राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छैन । गत साउन २३ गते नै मर्जरको सैद्दान्तिम स्वीकृति पाएका यी बैंकहरुले अन्तिम स्वीकृति पाउने प्रक्रिया चलिरहेको छ । राष्ट्र बैंक स्रोतका अनुसार पुस मसान्त अगावै एकिकृत कारोबार सम्पन्न गर्ने तयारीका साथ अन्तिम स्वीकृतिका लागि आवश्यक कागजात संयुक्त मर्जर कमिटीले पेश गरिरहेका छन् ।

मर्जर तथा प्राप्ती भएर अस्थित्व गुमाउने बैंकको सेयर र निक्षेप कुन बैंकको नाममा?
नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ती सम्बन्धी विनियमावली, २०७३ अनुसार बैंक तथा वित्तीय संस्थाहरु एकिकृत कारोबार शुरु गर्नु पर्ने हुन्छ । सो विनियमवलीले मर्जर पश्चात जुन बैंकको नाममा एकिकृत कारोबार शुरु हुन्छ । एकिकृत कारोबार शुरु भएसँगै दुबै बैंकको पुराना सबै कारोबार नयाँ नाम वा मर्जर गर्ने बैंकको नामबाट हुन्छ ।

नबिल/एनबिः नबिल बैंकले तत्कालिन नेपाल बंगलादेश (एनबि) बैंकलाई गत असार २८ गते एकिकृत कारोबार शुरु भएको हो । गत आवको पुस २८ गते नै नबिल बैंकको एक सय कित्ता बराबर एनबिको ४३ कित्ता सेयर हुने गरी मर्जरको सम्झौता भएको थियो । गत असार २८ गतेयता एनबि बैंकको सम्पुर्ण कारोबार नबिल बैंककै नाममा भइरहेको छ भने, एनबिका सेयरधनी र निक्षेपकर्ता समेत नबिल बैंककै सेयरधनी कायम भइसकेका छन् ।

एनबि बैंकको शाखा कार्यालय, एटिएम बुथ, शाखा रहित बैंकिङमा नबिल बैंककै बोर्ड राखिएको छ । एनबि बैंकका कर्मचारी पनि असार २८ यता नबिल बैंककै कर्मचारी कायम भइसकेका छन् । नबिलमा तत्कालिन एनबि बैंकमा सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र अध्यक्ष मर्जर अघिको नबिल बैंककै अध्यक्ष उपेन्द्र पौडेल कार्यरत छन् ।

कुमारी/एनसीसी बैंकः गत असोज ११ गते आपसमा मर्जरको प्रारम्भिक सम्झौता गरेका एनसीसी बैंक र कुमारी बैंकले ‘कुमारी बैंक’ को नाममा पुस १७ गते एकिकृत कारोबार शुरु गरिसकेका छन् । कुमारी बैंकले समान स्वाप रेसियोमा एनसीसी बैंकलाई आफुमा गाभेको हो ।

पुस १७ यता एनसीसी बैंकको सम्पुर्ण कारोबार कुमारी बैंककै नामबाट भइरहेको छ । मर्जरपछि बनेको कुमारी बैंकमा तत्कालिन एनसीसी बैंकको सीईओ रमेशकुमार अर्याल सीइओ छन् भने अध्यक्षमा अमिर प्रताव जबरा राणा छन् । एनसीसीको कर्मचारी, निक्षेपकर्ता र लगानीकर्ता कुमारी बैंककै नाममा कायम हुनुका साथै कार्यालय एटिम बुथ, कार्ड, शाखा रहित बैंकिङ समेत तत्कालिन एनसीसी बैंकको कुमारी बैंककै नामका कायम भइसकेको छ ।

सेञ्चुरी कर्मसियल/प्रभु बैंकः गत साउनमा समान स्वाप रेसियोमा मर्जरको सम्झौता गरेका प्रभु र सेञ्चुरी बैंक पुस १८ गते राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेको छ । अन्तिम स्वीकृति पाएसँगै यी बैंकहरुले पुस २९ गतेलाई एकिकृत कारोबारको मिति तय गरेका छन् । प्रभु बैंककै नामबाट एकिकृत कारोबार गर्ने गरी सम्झौाता भएअनुसार पुस २९ गतेपछि सेञ्चुरी बैंकको शाखा कार्यालय, एटिएम बुथ, शाखा रहित बैंकिङमा प्रभु बैंककै बोर्ड राखिनेछ ।

सेञ्चुरी बैंकका निक्षेपकर्ता, सेयरधनी, कर्मचारी पनि पुस २९ गतेपछि प्रभु बैंकक कर्मचारी कायम हुनेछन् । मर्जर पछि एकिकृत कारोबार हुने प्रभु बैंकमा असोक सेरचन सीइओ हुनेछन् भने सेञ्चुरीका सीइओ पुस २९ गतेपछि प्रभु बैंकमा डेपुटी सीइओ हुनेछन् ।

नेपाल इन्भेष्टमेण्ट/मेगा बैंकः यी दुई बैंकले जेठ २७ गते नै आपसमा मर्जरको प्रारम्भिक सम्झौता गरेका थिए । जसमा राष्ट्र बैंकले १७ गते अन्तिम स्वीकृति दिएपछि पुस २७ गते नै ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’ को नामबाट एकिकृत कारोबार गर्ने भएका छन् ।

यी बैंकबीच इन्भेष्टमेण्ट बैंकको १सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता सेयर हुने गरी स्वाप रेसियो तय भएअनुसार नै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो । तर, एकिकृत कारोबार भने नयाँ नामबाट आउँने भएसँगै यी दुबै बैंकको पुरानो अस्थित्व विलय हुनेछ । मर्जर पछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा इन्भेष्टमेण्टका सीइओ हुनेछन् भने अध्यक्ष समेत इन्भेष्टमेण्ट बैंककै पृथ्वी बहादुर पाँडे रहनेछन् । पुस २७ पछि मेगा बैंक र इन्भेष्टमेण्ट बैंकको सम्पुर्ण कारोबार ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’ को नामबाट हुनेछ भने, सेयरधनी, कर्मचारी निक्षेपकर्ता, कार्यालय, एटिएम समेत सोही नाममा कामय हुनेछन् ।

ग्लोबल आइएमई/बिओकेः राष्ट्र बैंकबाट मर्जर तथा प्राप्तीको अन्तिम स्वीकृति पाएका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले ‘ग्लोबल आइएमई बैंक’ को नाममा पुस २५ गतेलाई एकिकृत कारोबारको मिति तय गरेका छन् । समान सेयर अनुपातमा बिओके पुस २७ गतेपछि ग्लोबल आइएमईमा समाहित हुनेछ ।

मर्जरपछि एकिकृत कारोबारमा आउँने ग्लोबल आइएमईमा सोही बैंककै सीइओ र अध्यक्ष रहेने छन् । सो मितिपछि बिओके तत्कालिन बिओकेमा सिमित हुनेछ । बैंकको सम्पुर्ण कारोबार ग्लोबल आइएमई कै नाममा हुनेछ भने, निक्षेपकर्ता, सेयरधनी, कार्यालय, एटिएम बुथ, शाखा रहित बैंकिङ कार्यालय समेत बिओकेको ग्लोबलकै नाममा हुनेछ ।

हिमालयन/सिभिल बैंकः यी दुई बैंकले गत असार २९ गते मर्जरको प्रारम्भिक सम्झौता गरेका हुन् । जसमा गत साउन २३ गते नै मर्जरको सैद्दान्तिम स्वीकृति दिएपनि हालसम्म अन्तिम स्वीकृति पाएका छैनन् ।

मर्जरको अन्तिम प्रक्रिया पुरा गर्नका लागि हिमालयन र सिभिलले नै यही पुुस २८ गते वार्षिक साधारण सभा बोलाएका छन् । साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकले अन्तिम स्वीकति दिनेछ । अन्तिम स्वीकृति पाएसँगै हिमालयन बैंककै नाममा एकिकृत कारोबार हुने सम्झौता यस अघि नै भइसकेको हो हिमालयनले १००ः८१ को सेयर स्वाप रेसियोमा सिभिललाई प्राप्ती गर्न राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएर पछि एकिकृत कारोबार गर्ने हिमालयन बैंकमा सीइओ अशोक राणा र सिभिल बैंकका सीइओ सुनिल पोखरेललाई बरिष्ठ डेपुटी सिईओ बन्ने छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्