काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन प्रतितोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । सोमबारतेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो । यसअघि गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन प्रतितोला १ लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्