काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सोमबार ५ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबार सिभिल बैंक, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स र सीवाईसी लघुवित्त सेयर मूल्य समायोजन गरेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि यी कम्पनीहरुले बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
सिभिल बैंकको ५ प्रतिशत, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत, पोखरा फाइनान्सको ४ प्रतिशत, आईसीएफसी फाइनान्सको ५ प्रतिशत र सीवाईसी लघुवित्तको ३० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको हो ।
समायोजनपश्चात सिभिल बैंकको सेयर मूल्य २३८ रुपैयाँ १० पैसा, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ३२९ रुपैयाँ १० पैसा, पोखरा फाइनान्सको ३७३ रुपैयाँ ८ पैसा, आईसीएफसी फाइनान्सको ४४५ रुपैयाँ ७१ पैसा र सीवाईसी लघुवित्तको १ हजार ९२९ रुपैयाँ २३ पैसा कायम भएको छ ।
नेप्सेले सोमबारको कारोबारको अन्तिम मूल्यको आधारमा यी कम्पनीहरुको सेयर मूल्य समाजोजन गरेको हो । सोमबार सिभिल बैंकको २५० रुपैयाँ, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ३३७ रुपैयाँ, पोखरा फाइनान्सको ३८८ रुपैयाँ, आईसीएफसी फाइनान्सको ४६८ रुपैयाँ र सीवाईसी लघुवित्तको २ हजार ५०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
मंगलबार उक्त समायोजन पछिको सेयर मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया दिनुहोस्