काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारको दिन सोमबार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १७.५६ अंकले बढेर २,०६३.८३ विन्दुमा बन्द भएको छ ।
त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.८८ अंकले बढेर ३९४.८९ को विन्दुमा बन्द भएको हो ।
दिनभरीमा २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता सेयर २ अर्ब ९६ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । सोमबार सेयरबजार बढेपनि कारोबार रकम भने आधा घटेको छ । अघिल्लो दिन ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।
कारोबार भएका कम्पनीमध्ये १६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३९वटा कम्पनीको सेयरमूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार सोमबार धौलागिरी लघुवित्त र श्रृजनशील लघुवित्तको सेयर पोेजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । खप्तड लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत, अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९८ र प्रभु लाइफ इन्स्यारेन्सको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । भने, एनएमबी-५० को मूल्य सबैभन्दा बढी ४.८० प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा सोमबार नबील बैंक शीर्ष स्थानमा छ । बैंकको १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजार, एनआईसी एशीया बैंकको ११ करोड १४ लाख ५५ हजार, नेपाल टेलिकमको ८ करोड ३५ लाख ८५ हजार र यूनिभर्सल पावर कम्पनीको ७ करोड ९२ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको करिब ३ प्रतिशत बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।
प्रतिक्रिया दिनुहोस्