Skip to content
Shikhar Insurance
National Life

१० अर्बको पूर्वाधार कम्पनीलाई १५० करोड जुट्यो, एनआरएनलाई ८ अर्ब ५० करोडको आईपीओ

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआरएनहरुको अगुवाईमा गठन हुने १० अर्बको पूर्वाधार कम्पनीका लागि एक अर्ब ५० करोडको लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष जिवा लामिछाने, वर्तमान अध्यक्ष कुमार पन्त लगायतले पूर्वाधार कम्पनीमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको कम्पनीका वित्तिय सल्लाहरका अनलराज भट्टराईले जानकारी दिए । कम्पनीमा नेपाल सरकाले ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको छ ।

कम्पनीले एनआरएनहरुका लागि आईपीओ समेत जारी गर्नेछ । ८ देखि १२ लाख एनआरएनलाई कम्पनीमा लगानीको वातावरण तयार पारिएको पनि भट्टराईले जानकारी दिए ।

केहि समयभित्रै कम्पनी दर्ता गरेर आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा जाने पनि भट्टराईले जानकारी दिए ।
नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुने कम्पनीले एनआरएनहरुलाई औपचारिक रुपमै सेयर बजारमा लगानी गर्न बाटो खोल्ने पनि उनले बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यइा भिष्मराज ढुंगानाले पनि एनआरएनहरुलाई सेयर बजारमा लगानी गर्ने व्यवस्था मिलाउन बाह्य परामर्शदाता मार्फत अध्ययन अघि बढाएको बताएका थिए । एनआरएनहरुलाई विदेशबाटै डिम्याट खाता खोल्ने लगायतका सबै प्राबिधिक काम गर्ने व्यवस्था मिलाउने पनि सल्लाहकार भट्टराईले जानकारी दिए ।

हालसम्म नेपाल भित्र रहेका नेपाली नागरिकहरुले मात्रै नेपालको सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ । अब भने नेपालीको पुँजी बजारमा एनआरएनहरुले औपचारिक रुपले लगानी गर्ने अवस्था निर्माण हुन लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्