Skip to content
Shikhar Insurance
National Life

पुस २७ गते इन्भेष्टमेन्ट र मेगा बैंकको एकिकृत कारोबार, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । केन्द्रीय बैंकको १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले यी बैंकहरुलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

यी दुवै बैंकले गत जेठ २७ गते मर्जर सम्झौता प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा स्वीकृति माग्दै आवेदन दिएका थिए । रष्ट्र बैंकले असार २२ गते २ बैंकलाई मर्जरको लागि सैद्दान्तिक सहमति दिएको थियो । राष्ट्र बैंकले अन्तिम स्वीकृदि दिएसँगै यी दुबै बैंकले पुस २७ गतेलाई एकिकृत कारोबारको मिति तय गरेका छन् । पुस २७ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जर भई ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुने बैंकका एक संचालकले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मेगा बैंकको हाल कायम सेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता बराबर ९० कित्ता अथात् १००ः९० को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर भएका हुन् ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE