Skip to content
Shikhar Insurance
National Life

पोखरा उद्घाटन भयो, अब निजगढ शिलान्यास हुन्छः प्रधानमन्त्री प्रचण्ड

Hyundai
NCELL
NIMB

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको शिलान्याश गर्ने घोषणा गरेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब आफु निजगढ अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास गर्न आतुर भएको बताएका हुन् । उनले निजगढ बिमानस्थलको निर्माण प्रक्रिया निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने घोषणा पनि गरे ।

“मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उनले भने, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।” प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो गुरु भएको भन्दै प्रधानमन्त्री दाहालले उनको प्रशंसा गरे ।

सर्वाेच्च अदालतको आदेशपछि निजगढमा बिमानस्थल बनाउने प्रक्रिया अन्यौलमा थियो । अदालतले विज्ञ समुह बनाएर अध्ययन गर्न भनेको थियो । सरकारले अदालतको आदेश बमोजिम विज्ञ समुह बनाएर अध्ययन प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनले निजगढमै अन्तराष्ट्रिय बिमानस्थल बनाउन सकिने र बन्नुपर्ने निष्कर्ष निकालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्