Shikhar Insurance
National Life

१७ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि

सिंहदरबार संवाददाता
२०७९ पुष १७, आईतवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.२६ अंकले बढेर २,०४६.२९ को विन्दुमा बन्द भएको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.७२ अंकले बढेर ३९४.०२ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार दिनभरीमा २६१ कम्पनीको १० लाख ८८ हजार ९०४ कित्ता सेयर ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भए । नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । बिहिबार २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएको २१२ कम्पनीको सेयर मूल्य बढेको छ । ८७ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा नबील बैंक शीर्ष स्थानमा छ । बैंकको २२ करोड ५७ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरी, नेपाल टेलिकमको १९ करोड ८८ लाख १ हजार, हिमालयन डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजार, एनआईसी एशीया बैंकको १० करोड ३ लाख ८३ हजार र नेपाल लाईफ इन्स्योरेन्सको ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँच भित्र छ ।

आइतबार श्रृजनशील लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । भने, खप्तड लघुवित्त र धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

सिद्धार्थ इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.५७ प्रतिशतले सेयर मूल्य गुमाएका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्