काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्नका लागि साभारण सभा बोलाएको छ । लघुवित्तले ३१.५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नका लागि प्स ३० गते साधारण सभा बोलाएको हो ।
लघुवित्तको पुस ८ गते बसेको संचालक समितिको १०९औं बैठकले साधारण सभाको मिति तय गरेको हो ।
सभामा लघुवित्तको हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
लघुवित्तले सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र लघुवित्तले तोकेको लाभांश पाउन र साधारण सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्