काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउँदा १८ प्रतिशत कर तत्काल नलगाउन निर्देशन दिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ पुस १५ गते (आज) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भएको थियो। भने, त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पनि विदेशबाट फर्किने एक व्यक्ति आफुले प्रयोग गर्ने एउटा सेट मोबाइल बाहेक दोस्रो मोबाइल ल्याउँदा विभागलाई ५ प्रतिशत भनसार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी कुल १८ प्रतिशत कर पुस १५ गतेदेखि लाग्ने उल्लेख गरेको थियो ।
तर, विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग औपचारी माध्यमबाट नेपालमा रेमिट्यान्सबाट पैसा नपठाउने भन्दै विरोध जनाएपछि सरकार पछि हटेको हो ।
मोबाइल आयातमा गर्न खोजिएको नयाँ व्यवस्था तत्काललाई लागू नगरी पुरानै व्यवस्थालाई निरन्तरता दिन अर्थमन्त्रालयलयमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र दुरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्री दाहालले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्मा जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्