Skip to content
Shikhar Insurance
National Life

एभरेष्ट बैंकद्वारा खानीखोला धादिङको मच्छिन्द्र माध्यामिक विद्यालयलाई २ लाख आर्थिक सहयोग

Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले सीएसआर अन्तर्गत खानीखोला धादिङको श्री मच्छिन्द्र माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आपूर्ति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि २ लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा बैंकले एक कार्यक्रमका बिच धुनिबेशी नगरपालिका वडा नं. ७ खानीखोला, धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यामिक विद्यालय पनि आर्थिक सहयोग गरेको हो । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीका सदस्य तथा नायब महाप्रबन्धक श्री केशव राज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरे ।

यस बाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा विद्यलायका उप-प्रधानाध्यापक गोवर्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पा लगायत अन्य विभिन्न क्षेत्रका व्याक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्