काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । घोषित ५ प्रतिशत लाभांश पारित गर्दै पुस १४ गते बैंकको साधारण सभा सम्पन्न भएको हो ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा सम्पन्न सो साधारण सभाल आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ९ अर्ब ५५ कराेड ३९ लाख ९ हजार रूपैयाँको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।
साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ९७.२९ अर्व रूपैयाँ र कर्जा रकम ८७.४५ अर्व रूपैयाँ परिचालन गरी ३१.८५ करोड रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्