सोलुखुम्बु । सोलुखुम्बुमा फार्म दर्ता गराउनेको सङ्ख्यामा ५६ प्रतिशतले गिरावट आएपछि घरेलु तथा साना उद्योग कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ ।
गत आर्थिक वर्ष २०७८र७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९र८० को सोही अवधिमा उद्योग तथा वाणिज्यतर्फ फार्म दर्ता गराउनेको सङ्ख्यामा कमी आएको छ ।
गत आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा दुई सय एक उद्योग र २४ वाणिज्य फार्म दर्ता भएका थिए । तर चालु आर्थिक वर्षको सोही अवधिमा ७४ उद्योग र २४ वाणिज्य फार्म मात्र दर्ता भएका छन् ।
कार्यालयमा फार्म दर्ता गराउनेको सङ्ख्यामा कमी आएसँगै राजस्व सङ्कलनमा पनि ४८ प्रतिशतले कमी आएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिए ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ४ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएकामा चालु आवमा २ लाख ४० हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ ।
गत वर्ष कोभिड–१९ का कारण गाउँ फर्किएका नागरिकले अनुदानका लागि विभिन्न फार्म दर्ता गर्ने क्रम बढेको थियो । यस वर्ष अनुदान कार्यक्रम नहुँदा फार्म दर्ता गराउनेको सङ्ख्या घटेको उद्योग अधिकृत सङ्गीता थुलुङ राईले बताए ।
प्रतिक्रिया दिनुहोस्