Shikhar Insurance
National Life

समृद्धि फाइनान्सको १४ हजार कित्ता संस्थापक सेयर बिक्री, क–कस्ले पाउँछन् आवेदन दिन?

सिंहदरबार संवाददाता
२०७९ पुष १४, बिहीबार १२:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी सो सेयर बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र उक्त सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ ।

उक्त संस्थापक सेयरको न्युनतम मूल्य १०० तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले तोकिएको मूल्य वा बढी मूल्य अंकित गरी कम्पनीको केन्द्रिय कार्यालय हेटौडा, मकवानपुरमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको  न्युनतम मूल्यभन्दा कम मूल्य अंकित गरी  निवेदन पेश गरे  रद्द हुनेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त सेयर विक्री गरिने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्