Shikhar Insurance
National Life

दुई सय रूपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदै कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ पुष १४, बिहीबार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, बिहीबारको लागि तेजावी सुनको मूल्य १ लाख ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो मुल्य २ सय रुपैयाँ कम हो । अघिल्लो दिन तेजावी सुन प्रतितोला १ लाख ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मुल्य पनि घटेको जनाएको छ । बिहीबार नेपाली बजारमा चाँदीको मुल्य २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाली बजारमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्