काठमाडौं । बैंकिङ क्षेत्रले अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि अर्थमन्त्री बिष्णु पौडेललाई पुर्ण रुपमा सहयोग तथा समन्यव गर्ने प्रतिवद्धता गरेको छ । बुधबार अर्थमन्त्रालयमा नेपाल बैंकर्स संघ र अर्थमन्त्री पौडेलबीच भएको भेटवार्तामा बैंकर्सहरुले सो प्रतिवद्धता जाहेर गरेका हुन् ।
वाणिज्य बैंकहरुको छाता संगठनका कार्यकारिणी समितिका पदाधिकारीहरुले भेटवार्ताका क्रममा नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । गर्नुभएको छ । सो अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल केसीले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्