Shikhar Insurance
National Life

दुई दिन पनि टिकेन सेयर बजारको उछाल, कारोबार रकम पनि खुम्चियो

सिंहदरबार संवाददाता
२०७९ पुष १३, बुधबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो कारोबारको दिन बुधबार दोहोरो अंकले घटेको छ । पछिल्लो दुई कारोबार दिनमा ११६.७५ अंक बढेको नेप्सेमा बुधबार करेक्सन भएको छ ।

बुधबार नेप्से परिसूचक ११.८१ अंकले घटेर १,९७२.१५ विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.७२ अंकले घटेर ३८१.३२ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर २ अर्ब १५ करोड ३५ लाख ४७ हजार रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन नेप्से ५९.८७ अंकले बढ्दा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार कारोबारमा आएको ६० कम्पनीको सेयरमूल्य बढेको छ । १४९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार बुधबार तीन कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सेन्ट्रल पलाइनान्स, प्रभु लाईफ इन्स्योरेन्स र धौलागिरी लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो ।

साथै खप्तड लघुवित्त र श्रृजनशील लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेकबो छ । भने, माहुली लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी ५.२० प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । बैंकको ८ करोड ८५ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्र िभएको हो ।
त्यसैगरी, रिडीी पावर कम्पनीको ८ करोड ४ लाख ९२१ हजार, अपर तामाकोशी हाइड्रोपावरको ७ करोड ८४ लाख ४० हजार, हिमालयन डिस्टिलरीको ७ करोड २४ लाख ६८ हजार र प्रराइ कमर्सियल बैंकको ५ करोड ९६ लाख ९४ हजार रुपैयाँ बरारबो सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बढेका उपसमूहहरुको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.१९ प्रतिशत घटेको छ भने लगानी तथा लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्