Skip to content
Shikhar Insurance
National Life

नेप्सेले गर्याे ५ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्ला कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ५ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ३ वटा बैंक र २ वटा हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले सिद्धार्थ बैंकको १२.५० प्रतिशत, नेपाल एसबिआई बैंकको ३ प्रतिशत, लुम्बिनी विकास बैंकको ३ प्रतिशत, राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा मुल्य समायोजन गरेको हो।

समायोजन पश्चात सिद्धार्थ बैंकको सेयरमूल्य ३०१ रुपैयाँ ३३ पैसा, नेपाल एसबिआई बैंकको २८७ रुपैयाँ ७७ पैसा, लुम्बिनी विकास बैंकको ३३६ रुपैयाँ ८९ पैसा, राधी विद्युत कम्पनीको २११ रुपैयाँ ९३ पैसा र विन्ध्यबासिनी हाइड्रोपावरको ३६५ रुपैयाँ ७१ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबारको दिन सिद्धार्थ बैंकको सेयर मुल्य ३३९ रुपैयाँ, नेपाल एसबिआईको २९६ रुपैयाँ ४० पैसा, लुम्बिनी विकास बैंकको ३४७ रुपैयाँ, राधी विद्युतको २२२ रुपैयाँ र विन्ध्यबासिनी हाइड्रोपावरको ३८४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

सोहि समायोजित मूल्यका आधारमा दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्